• सोमबार, भाद्र २९ २०८३

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर


मंगलबार, जेष्ठ ३ २०७९
855
Shares

नेपाल राष्ट्र बैंकले मं‌गलबारको विनिमय दर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर एकको खरिददर १२३ रूपैयाँ ६३ पैसा र बिक्रीदर १२४ रूपैयाँ २३ पैसा कायम छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १२८ रूपैयाँ ८८ पैसा र बिक्रीदर १२९ रूपैयाँ ५१ पैसा पुगेको छ।

राष्ट्र बैंकले आज अस्ट्रेलियन डलर एकको खरिदमा ८५ रूपैयाँ ५८ पैसा र बिक्रीमा ८५ रूपैयाँ ९९ पैसा तोकेको छ। क्यानेडियन डलर एकको खरिददर भने ९५ रूपैयाँ ६६ पैसा र बिक्रीदर ९६ रूपैयाँ १३ पैसा पुगेको छ।

आज साउदी अरेबियन रियाल एकको खरिदमा ३२ रूपैयाँ ९६ पैसा र बिक्रीमा ३३ रूपैयाँ १२ पैसा पाइन्छ भने कतारी रियाल एकको खरिददर ३३ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३४ रूपैयाँ ०१ पैसा पुगेको छ। 

यता युएई दिराम एकको खरिददर मंगलबार ३३ रूपैयाँ ६६ पेसा र बिक्रीदर ३३ रूपैयाँ ८२ पैसा कायम गरिएको छ। मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ११ पैसा र बिक्रीमा २८ रूपैयाँ २५ पैसा पाइन्छ। अघिल्लो दिन पनि युएई दिराम र मलेसियन रिंगिटको विनिमय दर यही थियो। 

आज राष्ट्र बैंकले तोकेअनुसार कुवेती दिनार एकको खरिददर ४०२ रूपैयाँ ५९ पैसा र बिक्रीदर ४०४ रूपैयाँ ५४ पैसा पुगेको छ। बहराइन दिनार एकको खरिदमा भने ३२७ रूपैयाँ ९२ पैसा र बिक्रीमा ३२९ रूपैयाँमा ५१ पैसा कायम गरिएको छ।

नेपाल राष्ट्र बैंकल र बैंक तथा वित्तीय संस्थाहरूले निर्धारण गर्ने विदेशी मुद्राको विनिमय दर फरक हुन सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ। तर भारतीय मुद्राको विनिमय दर भने नेपाल राष्ट्र बैंकले निर्धारण गरे बमोजिम नै हुन्छ, जुन अन्य बैंक तथा वित्तीय संस्थाहरूले फरक हुने गरी निर्धारण गर्न सक्दैनन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार