• सोमबार, भाद्र २९ २०८३

बढ्यो सुनको मूल्य, तोलाको कति ?


मंगलबार, जेष्ठ ३ २०७९
1.1K
Shares

सुनको मूल्य सामान्य दरमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा २ सयका दरले सुन महंगिएको हो।

यसअनुसार छापावाल सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँ र तेजाबी सुन ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

१ गते यी सुन क्रमशः प्रतितोला ९६ हजार ५ सय रुपैयाँ र ९६ हजार रुपैयाँमा कारोबार भएको थियो। २ गते सार्वजनिक विदापछि आज ३ गते बजार खुलेको हो।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। १ गते प्रतितोला १२ सय ४० रुपैयाँ रहेको चाँदी ३ गते २० रुपैयाँ बढेर १२ सय ६० रुपैयाँ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार