• शनिबार, साउन ९ २०८३

गोरखामा लकडाउन उल्लंघन गर्ने ४६ सवारी कारबाहीमा


मंगलबार, चैत्र ११ २०७६
1.1K
Shares

मोहसिन अलि मियाँ
गोरखा ।
गोरखामा लक डाउन उल्लंघन गरेको भन्दै ४६ सवारी साधन कारबाहीमा परेका छन् ।

सरकारले घोषणा गरेको लक डाउनलाई बेवास्ता गर्दै सवारी साधन चलाएको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखाले ४६ सवारी नियन्त्रणमा लिएको एसपी ओम प्रसाद अधिकारीले सिभिलखबरलाई जानकारी दिए ।

नियन्त्रणमा लिएका मध्ये ४१ वटा मोटरसाइकल र ५ वटा चारपाग्रे सवारी रहेको उनले बताए ।
गोरखा सदरमुकाम र जिल्ला भित्रिने नाका मझुवा देउरालीबाट सो संख्याका सवारीलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले हिजो एक हप्ताका लागि लक डाउन घोषणा गरेको थियो । यस अवधीमा अत्यावस्यक बाहेक घर बाहिर ननिस्किन समेत प्रहरीले अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार