• सोमबार, भाद्र २९ २०८३

कहाँ कहाँ छ वर्षाको सम्भावना ?


मंगलबार, जेष्ठ ३ २०७९
855
Shares

हाल नेपालमा स्थानीय वायु र भारतको विहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ।

देशका केही स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम आंशिक बदली रहेको छ। प्रदेश १,बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

मंगलबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती देशका पहाडी भू-भाग लगायत लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भाग लगायत लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार