• सोमबार, भाद्र २९ २०८३

नविनको ‘हाम्रो सम्बन्ध’मा सजिना र विप्लपको रोमान्स ( भिडियो ) 


सोमबार, जेष्ठ २ २०७९
995
Shares

काठमाडौं । रोजगारीको सिलसिलामा हाल दक्षिण कोरियामा रहेका गायक नविन बिश्वकर्माले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात ‘हाम्रो सम्बन्ध’ सार्वजनिक गरेका छन्।  

रोमाण्टिक भर्सनको यस गीतमा स्वयम् गायक बिश्वकर्माको स्वर, शब्द र संगीत सुन्न सकिन्छ।  

मोडल विप्लप आले मगर र सजिना गुरुङबीचको प्रेम र रोमान्सले भरिपूर्ण  यस भिडियोको छायाँकन दक्षिण कोरियामाको विभिन्न रमणीय ठाउहरुमा छायाँकन गरिएको हो।  

भिडियोमा  इकामशटको सम्पादन र छायाँकन रहेको छ। इजोक थापा मगरको निर्देशनमा भिडियो तयार पारिएको हो।  

यसअघि गायक बिश्वकर्माको स्वरमा ‘यादमा’, ‘आभाष’ बोलको गीतहरु सार्वजनिक भैसकेका छन्। गायक बिश्वकर्माले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्। 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार