• सोमबार, भाद्र २९ २०८३

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल आउँदै


सोमबार, जेष्ठ २ २०७९
775
Shares

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज (सोमबार) लुम्बिनी भ्रमणमा आउँदै छन्।

बुद्ध जयन्तीको अवसरमा ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मोदी भारतबाटै सिधै लुम्बिनी आउन लागेका हुन्।

प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयका सहसचिवद्वय अनिन्दम बाग्ची र अनुराग श्रीवास्तव, प्रधानमन्त्री कार्यालयका सहसचिव रुद्रा गौरव लगायत छन्।

भारतीय प्रधानमन्त्री मोदीलाई अन्तरराष्ट्रिय वौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवा, उनकी धर्मपत्नी डा आरजु राणा देउवा, मन्त्रिपरिषद्का सदस्य, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत नाम्या खम्पालगायतले स्वागत गर्ने कार्यक्रम छ।

मोदीको स्वागतका लागि प्रधानमन्त्री देउवा आइतबार नै लुम्बिनी पुगेर बसेका छन्। लुम्बिनीमा दुबै देशका प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। उनी लुम्बीनी भ्रमण सकेर आजै स्वदेश फर्कनेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार