• सोमबार, भाद्र २९ २०८३

आजदेखि सातामा दुई दिन बिदा


आइतबार, जेष्ठ १ २०७९
655
Shares

आजदेखि सातामा दुई दिन बिदा लागु भएको छ।

गत वैशाख १३ गते बसेको मन्त्रिपरिषदको बैठकले जेठ १ गते आजदेखि लागु हुनेगरी हप्ताको दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेको हो। सरकारले परीक्षणका रूपमा अहिलेलाई दुई दिन बिदा दिन लागेको हो।

निर्णयअनुसार अरू दिन कार्यालयहरू बिहान ९ः३० बजेदेखि अपराह्न ५ः३० बजेसम्म खुल्नेछन्। छोटो दिन हुने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने साढे ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म रहने जनाएको छ।

पेट्रोलियम पदार्थ महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो। त्यसअनुसार सरकारले सातामा दुई दिन बिदा दिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार