• सोमबार, भाद्र २९ २०८३

गोरखाका पत्रकारलाई कुटपिट गर्ने माथि कारावही गर्न जिल्ला शाखाको माग


शनिबार, बैशाख ३१ २०७९
570
Shares

गोरखा। गोरखाको शहीदलखन गाउँपालिका १ बक्रेश्वरी माध्यामिक विद्यालयमा शुक्रवार समाचार सङ्कलनमा गएका नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कोषाध्यक्ष एवं जिल्ला सदस्य राजेन्द्र न्यौपानेमाथि कुटपिट भएको छ ।

समाचार संकलनका लागि मतदान केन्द्रमा पुगेका बेला केही ब्यक्तिहरुले कुटपिट गरेको पिडित न्यौपानेले बताए । उनको अनुहार, खुट्टामा चोट छ । गोरखा अस्पतालमा उनको उपचार गरिएको छ । कुटपिट गर्नेलाई तत्काल कारवाही गर्न पत्रकार महासंघ गोरखा शाखाले बिज्ञप्ती मार्फत प्रशासनको ध्यानाकर्षण गराएको छ ।

जिल्ला सचिव बिकास मरहट्टाद्धारा जारी बिज्ञप्तीमा घटनामा संलग्नलाई तत्काल कारवाहीको माग गरिएको छ । पत्रकारमाथि हातपात भएको घटनाले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता माथि ठाडो प्रहार भएको र यस्ता घटना पत्रकार महासंघलाई स्विकार्य नहुने बिज्ञप्तीमा भनिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार