• शनिबार, साउन ९ २०८३

गोरखा लकडाउन, अनावस्यक रुपमा बाहिर निस्के कारबाही


सोमबार, चैत्र १० २०७६
1.1K
Shares

माेहसिन अलि मियाँ
गोरखा ।
कोरोना भइरसको सम्भावित संक्रमण रोक्न गोरखालाई समेत ‘लक डाउन’ गरिएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय गोरखाले सूचना जारी गर्दै साँझबाटै जिल्ला ‘लक डाउन’ गर्ने बताएको हो ।

जिल्लामा अब अत्यावस्यक बाहेक सर्वसाधारणलाई बाहिर निस्किन समेत बन्देज गरिएको छ ।

त्यस्तै सार्वजानिक तथा नीजि सवारी सञ्चालनमा समेत रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

‘अत्यावस्यक बाहेक नागरिकलाई बाहिर निस्किन, आवस्यकता बाहेक सवारी चलाउन हामीलाई हामीले बन्देज गर्ने निर्णय गरेका छौ’ प्रजिअ पौडेलले भने ‘आवस्यकता र औचित्य हेरेर मात्रै हिडडुल र सवारीमा अनुमती दिन्छौ ।’

त्यस्तै उनले अतिआवश्यक सवारी साधनका चालक र अन्य यात्रु भएमा हेल्थ डेक्समा अनिवार्य स्वास्थ्य परीक्षण गराएर जिल्ला भित्रन दिने समेत निर्णय भएको बताएका छन् ।

यसैगरी औषधी तथा खाद्यान्न पसलबाहेक अन्य सबै पसलहरु पूर्ण रुपमा बन्द गर्न प्रशासनले ब्यवसायीलाई निर्देशन दिएको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिमलाई कम गर्न सतर्कता अपनाउदै कडाइ गरिएको प्रजिअ पौडेलले बताए ।

कार्यालयका प्रशासकिय अधिकृत हर्क बहादुर रोकाद्धारा हस्ताक्षरित सूचनामा प्रशासनको निर्देशन अवज्ञा गरे कारवाही गरिने समेत उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार