• मंगलबार, साउन १२ २०८३

आज देशभर थप चारजनामा कोरोना संक्रमण, १८ संक्रमणमुक्त


बिहिबार, बैशाख २९ २०७९
535
Shares

पछिल्लो २४ घण्टामा देशभर चारजना कोभिड–१९ संक्रमित थपिएका छन् । दुई हजार ८१७ वटा नमूना परीक्षण गर्दा चारजनामा संक्रमण पुष्टि भएको हो ।

आज १८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १७३ मा झरेको छ ।

आज २१ हजार १७९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार