• सोमबार, भाद्र २९ २०८३

भोट हाल्न घर गएका युवक मृत फेला


बिहिबार, बैशाख २९ २०७९
705
Shares

ताप्लेजुङमा गएराति एक युवक मृत भेटिएका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार मिक्वाखोला गाउँपालिका-१ का २५ वर्षीय विमल कार्की मृत भेटिएका हुन्।

कार्की जेसीबी ड्राइभर हुन् । भोट हाल्न घर जान्छु भन्दै विमल बुधबार दोभानबाट पैदलै निस्किएकाे प्रहरी प्रमुख राईले जानकारी दिए ।

‘म आउँदै छु, खाना पकाउनु भनेका रहेछन् घरमा । तर, अबेरसम्म नआएपछि परिवारले हामीलाई राति साढे ११ बजेतिर खबर गरेका थिए । त्यसपछि खोजी गर्दा विमलको शव सडक किनारबाट झण्डै ३ सय मिटर तल फेला परेको थियो’, डीएसपी राईले भने ।

विमलको भवितव्यले मृत्यु भएको वा हत्या भएको भन्ने केही स्पष्ट हुन नसकेको उनले बताए । ‘ुरातको समयमा आफै सडक किनारबाट खसेका पनि हुन सक्छन् वा कसैले लडाइदिएको पनि हुन सक्छ । पोष्टमार्टम रिपोर्ट नआइकन केही भन्न सकिँदैन;, राईले भने ।

उनका अनुसार सडक किनारमा झोला र मोबाइल भेटिएपछि तल खोज्दै जाँदा सडक किनारबाट झण्डै ३ सय मिटर तल विमलको शव भेटिएको थियो ।

ताप्लेजुङका सांसद योगेश भट्टराईका प्रेस सल्लाहकार प्रेम गुरागाईंले भने गठबन्धनले विमलको अपहरणपछि हत्या गरेको सामाजिक सन्जालमा उल्लेख गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार