• सोमबार, भाद्र २९ २०८३

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


बिहिबार, बैशाख २९ २०७९
855
Shares

बिहीबार सुन-चाँदीको मूल्य बढेको छ। 

आज सुन प्रतितोला ९७ हजार आठ सय रूपैयाँ र चाँदी प्रतितोला १२ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला आठ सय रूपैयाँ र चाँदी पाँच रूपैयाँ बढेको हो। बुधबार सुन प्रतितोला ९७ हजार रूपैयाँ र चाँदी प्रतितोला १२ सय ४५ रूपैयाँमा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस १८ सय ५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार