• शनिबार, साउन ९ २०८३

जिल्ला अस्पतालमै बन्द भयो, ओपिडी बाहेकका सेवा


सोमबार, चैत्र १० २०७६
1.1K
Shares

गोरखा अस्पतालले सामान्य बिरामीलाई उपचारका लागि नआउन आग्रह गरेको छ ।

केहि दिनदेखि सामान्य रुघाखोकी र दिर्घ रोगीका बिरामी बढेपछि अस्पतालले कोरोनाको जोखिमलाई मध्यनजर गर्दे आकस्मिक बाहेक सबै सेवा बन्द गराएको जनाएको छ ।

सोमबार एक सूचना जारी गर्दै अस्पतालले चैत २१ गते सम्म ओपिडी बाहेक अन्य नियमित सेबा बन्दको घोषणा गरेको हो ।

तत्काल उपचार नगरे हुने समस्याका लागि २ हप्तासम्म अस्पताल नआउन आग्रह गरिएको निमित्त मेडिकल सुपरिटेण्डेन नबिन थापाले जानकारी दिए ।

रुघाखोकी र ज्वरोको बिरामीलाई भने छुट्टै फिवर क्लिनिक निर्माण गरिसेवा दिने व्यवस्था मिलाइएको बताइएको छ ।

नियमित रुपमा औषधी खानुपर्ने दिर्घरोगीहरुलाई घरमा बसेर औषधी सेवन गर्न अनुरोध गरिएको छ ।

मधुमेह, दम उच्च रक्तचाप लगायतका दिर्घरोगीलाई औषधी आवश्यक परे विहान १० बजे अघि अस्पतालको फार्मेसीबाट लिन सक्ने व्यवस्था मिलाईएको छ ।

आकस्मिक सेवा भने २४ घण्टा खुल्ला राखिएको जिल्ला अस्पताल गोरखाले जनाएको छ ।
कारोना भाइरसको संक्रणलाई मध्यनजर गर्दै गोरखा अस्पतालले ४ बेडको आइसोलेशन कक्ष पनि निर्माण गरिसकेको छ ।

तर हालसम्म आइशोलेसनमा भने बिरामी राख्नु नपरेको अस्पतालका डाक्टर बिनोद दुवडीले जानकारी दिए ।

त्यस्तै उनले सकेसम्म घरबाट ननिस्किन सर्वसाधारणलाई आग्रह समेत गरेका छन् । सामान्य मौसमी रुघाखोकी र दिर्घरोगीलाई अस्पताल नजान समेत दुवाडी आग्रह गरे ।

‘कोरोना संक्रमणको जोखिम अस्पतालमा झनै बढी हुन्छ’ डा दुवाडीले भने ‘सकेसम्म केहि दिन घरबाट आँगनमा पनि ननिस्किदा राम्रो हुन्छ, अनावस्यक भिडभाड र मान्छेको सम्पर्कबाट टाढा रहन मेरो अनुरोध छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार