
गोरखा। स्थानीय तहको निर्वाचनको मौन अवधिका बेला गोरखामा कांग्रेस र माओवादी कार्यकर्ता बीच झडप भएको छ ।
अजीरकोट गाउँपालिका १ घ्याच्चोकमा राती १० बजे भएको झडपमा माओवादीका कार्यकर्ता विष्णु भुजेल र बेलबहादुर गुरुङमाथि कुटपिट भएको हो । उनीहरूको जौवारी स्वास्थ चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि गोरखा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
काँग्रेसका वडाअध्यक्षका उम्मेदवार ओमबहादुर गुरूङ नेतृत्वको टोलीले उनीहरुमाथि आक्रमण गरेको माओवादीले दाबी गरेको छ । माओवादी वडाध्यक्ष मनोज गुरुङका अनुसार बुधबार साँझ खाना खाने तयारी भइरहेका बेला एक्कासी ढुंगा, चिरपट लगायत प्रयोग गरेर आक्रमण भएको हो ।


