
जेठ १ गतेदेखि निजी र सार्वजनिक विद्यालयमा सातामा दुई दिन विदा दिइने भएको छ । बुधबार बसेको शिक्षा मन्त्रालयको बैठकले शनिबार र आइतबार विद्यालयमा बिदा दिने औपचारिक निर्णय गरेको हो ।

हाल रहेको विद्यालय समयलाई यथावत राखी शुक्रबार आधा छुट्टीको व्यवस्था हटाइ शनिवारबाहेक आइतबार पनि बिदा दिइने भएको हो ।
हप्तामा दुई दिन शनिवार र आइतवार बिदा दिए पनि विद्यालय खुल्ने र बन्द हुने समय भने यसअघि जस्तै बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म कायम गर्ने निर्णय भएको छ ।
यसअघि शुक्रवार आधा दिन मात्र पढाइ हुने गरेकोमा अब शुक्रवार पूरै दिन पढाइ हुनेछ । यस्तै विद्यालयमा हिउँदे, वर्षे, स्थानीयलगायतका बिदा कटाएर वर्षमा बढीमा ३० दिन मात्रै बिदा दिन पाइने भएको प्रवक्ता शर्माले जानकारी दिएका छन् ।


