लकडाउनमा नेपाल टेलिकमले आकर्षक अफर ल्याएकाे छ । अनलिमिटेड डे भ्वाइस प्याक अन्तर्गत १५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म जतिपनि कल गर्न सकिने अफर टेलिकमले ल्याएकाे हाे ।
यो भ्वाइस प्याक खरिद गर्नका लागि सिधै *1415*9*2# डायल गर्नु पर्दछ । यो प्याक लिनका लागि DVUNL लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ ।
यो प्याक एक पटक लिए पछि २४ घण्टाभित्र उपयोग गरिसक्नु पर्छ ।
अनलिमिटेड नाइट भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म असिमित कुराकानी गर्न सकिन्छ । रातभरी कुराकानी गर्नुपर्ने ग्राहकका लागि यो प्याक निकै उपयोगी छ । यो प्याक लिनका लागि *1415*1*5*4# डायल गर्नु पर्दछ ।
त्यसैगरी NVUNL लेखेर १४१५ मा एसएमएस पठाएर पनि यो प्याक लिन सकिन्छ ।