• सोमबार, भाद्र २९ २०८३

जेठ १ देखि बैंकहरु पनि २ दिन बन्द, शुक्रबार पूरा समय खुल्ने


बुधबार, बैशाख २८ २०७९
1.2K
Shares

सरकारले आगामी जेठदेखि सातामा दुई दिन सार्वजनिक विदा लागू गर्ने भएपछि बैंकहरु पनि सोहीअनुसार चल्ने भएका छन्। 

नेपाल राष्ट्र बैंकले सरकारको योजनाअनुसार काम गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो। यसअनुसार शनिबार र आइतबार बैंकहरु खुल्नेछैनन्। तर शुक्रबार भने पूरा समय खुल्नेछ। 

तोकिएका दिनबाहेक जेठ १ देखि बैंकहरु बिहान ९ः३० बजे नै खुलेर अपराह्न ४ः०० सम्म सेवा प्रदान गर्नेछन्। यद्यपि कार्यालय समय भने बिहान ९ः३० देखि अपराह्न ५ः३० बजे कायम हुनेछ।

कात्तिक १६ देखि माघ १५ सम्म भने बिहान ९ः३० बजे खुलेर बैंकहरु अपराह्न ३ः३० मा बन्द हुनेछन्। यो अवधिमा कार्यालय समय भने ९ः३० देखि अपराह्न ४ः३० सम्म हुनेछ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वीकृत गरेको टिप्पणीअनुसार यस्तो निर्णय भएको हो। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार