• सोमबार, भाद्र २९ २०८३

चुनावपछि ‘मायाको माया’ लिएर फ्लोरमा जाँदै राजेश हमाल


बुधबार, बैशाख २८ २०७९
1.2K
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

नेपाली फिल्म उद्योगमा लामो समय राज गरेका राजेश हमालको फिल्मको पर्दामा क्रेज घटेको पनि निकै वर्ष भइसक्यो।

ठूला फिल्म चल्न छाडेपछि हमाल केही वर्ष यता म्युजिक भिडियोमा व्यस्त देखिएका छन्।  कोरोना कालमा पनि म्युजिक भिडिओ व्यस्त देखिएका हमालले म्युजिक भिडिओमा पनि उमेर र स्तर नसुहाउँदो अभिनय गरेको भनेर निक्कै आलोचना खेपे।

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

तर उनको जवाफ थियो ‘फिल्म उद्योगका सबै मानिस मेरो परिवार हुन्, उनीहरुको खुशी मेरो खुशी हो। पछिल्लो पुस्ताका भाइ–बहिनी म सँग स्क्रिन शेयर गरेर खुशी हुन्छन भने मैले उनीहरुसँग काम गर्न हिचकिचाउँनु हुँदैन।’ हमालले कोरोना कालमा म्यूजिक भिडियो मात्रै खेलेनन्। उनले गीत पनि गाए। 

केही समयअघि हमाल चलचित्र सत्यममा अनुबन्धित भए। चलचित्रको वर्कसपमा सहभागी भए। तर यो चलचित्र छायांकनमा जान सकेको छैन्। कहिलेबाट चलचित्र छायांकनमा जान्छ कुनै टुङ्गो छैन।

सत्यम अन्यौलमा रहेकै बेला हमाल अर्को चलचित्र ‘मायाको माया’ अनुबन्धित भएका छन्। रोहित वैद्यको डेब्यु निर्देशन रहने यो चलचित्रको कार्यविनायक पुगेर मुहूर्त पनि गरिएको छ। चलचित्र स्थानीय निर्वाचनपछि फ्लोरमा जाने तयारीमा छ। हमालसँगै यो चलचित्रमा अभिनेता अनुप बिक्रम शाही र आना शर्माले शीर्ष भूमिकामा रहेर अभिनय गर्नेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार