फ्रान्सबाट नेपाल फर्केकी १९ बर्षिय एक युवतीमा कोरोना पोजेटिभ भेटिएपछि सरकारले उनी संगै जहाजमा यात्रा गरेकाहरुको खोजि थालेको छ ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले उनीसँगै जहाजमा आएकाहरुको खोजि भईरहेको र उनीहरुको पनि परिक्षण गरिने बताएका छन् ।
साथै उनको परिवारका सदस्यहरुलाई क्वारेनटाईनमा राखिएको मन्त्री ढकालले बताए ।
गत मंगलबार चैत ५ गते फ्रान्सबाट कतार हुदै नेपाल आएकी उनमा कोरोना पोजेटिभ भेटीएको हो। उनी हाल टेकु अस्पतालमा रहेको मन्त्रालयले जनाएको छ ।