गोरखा । कोरोना भाइरसका कारण जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ ।
पछिल्लो केहिदिनयता गोरखामा खाने तेलकोे अभाव देखिएको छ ।
थोक बिक्रेताका अधिकाशं गोदाममा खाने तेल सकिएपछि ढुवानीको लागि पहल गरिएको गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष जीवनज्योती श्रेष्ठले सिभिलखबरलाइ बताए ।
‘खाद्यान्य र इन्धनको समस्या छैन, तर खाना पकाउने तेल भने नभएको व्यवसायी साथीहरुले नै जानकारी दिनुभएको छ,’ अध्यक्ष श्रेष्ठले भने,‘तर आत्तिनु पर्ने अवस्था छैन्, ४ सय कार्टुन तेल लोड भएको जानकारी छ । त्यो आएपछि अहिलेको समस्या समाधान हुन्छ ।’
तेल बाहेक अन्य खाद्यान्न भने समस्या नभएकाे उनले बताए ।