• सोमबार, भाद्र २९ २०८३

घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?


मंगलबार, बैशाख २७ २०७९
625
Shares

नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ। मंगलबार छापावाला सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि सोमबार छापावाला सुन प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।यस्तै, आज तेजावी सुन प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, मंगलबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ। आज चाँदी १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार