
गोरखा । जापान सरकार परराष्ट्र मन्त्रालय (मोफा) को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा एकिकरण नेपाल गोरखाले वारपाक सुलीकोट गाउपालिकामा वाल केन्द्रित प्रभावकारी शिक्षण सिकाई तालिम सम्पन्न भएको छ ।
वारपाक सुलीकोट गाउँपालिकामा कार्यरत १२ जना शिक्षकहरुलाई बाल केन्द्रित प्रभावकारी शिक्षण सिकाई तालिम प्रदान गरिएको हो । तीनदिनसम्म संचालन भएको उक्त आवासीय तालिमलाई श्रोत व्यक्ति दुर्गाप्रसाद पाण्डे र सोनी तामाङले सहजीकरण गरेका थिए ।


तालिममा शैलपुत्री माध्यमिक विद्यालय, थलीवारी आधारभुत विद्यालय, वागेश्वरी आधारभूत विद्यालय र मण्डली आधारभूत विद्यालयबाट सहभागीहरु आएका एकीकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले जानकारी दिए ।
तालिममा प्रभावकारी बाल केन्द्रित शिक्षण विधिहरु, प्रभावकारी शिक्षण विधिहरु, रचनात्मक सिकाई, गणित विषय पढाउन, प्रस्तुतीकरण सीप, परिचय कला, शिक्षण सामग्रीको निर्माण तथा मुल्याङ्कनका बारेमा जानकारी जानकारी दिइएको थियो ।
शिक्षा विकास तथा समन्वय इकाईको प्रमुख विष्णुप्रसाद भट्टराईले भुकम्पपछि गोरखाको विद्यालय भवन निर्माण अत्यन्तै राम्रो भएता पनि शिक्षण सिकाई सम्वन्धी गतिविधि नहुँदा शिक्षाको गुणस्तरको विकास नभएको अवस्थामा यस्तो खालको तालिमले ठूलो मद्धत मिल्ने बताए ।
एकीकरण नेपाल गोरखाको उक्त विद्यालयमा शिक्षण सिकाई र बालबालिकाको पढाइलाई लक्षित गरी शैक्षिक गतिविधिहरु संचालनका साथै मण्डली आधारभूत विद्यालयको भवन निर्माण गरिरहेको देवकोटाले बताए ।


