• सोमबार, भाद्र २९ २०८३

साग स्वर्ण विजेता सञ्जु चौधरी मृत फेला 


मंगलबार, बैशाख २७ २०७९
655
Shares

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छिन् । 

एसियाली खेलकुदको तयारीका क्रममा रहेकी सञ्जु ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् । उनी बिहान ५ः३० बजे मृत अवस्थामा पाइएको ललितपुरका प्रहरी उपरीक्षक (एसपी) सिद्धीविक्रम शाहले जानकारी दिए । 

शाहले सञ्जु सुतेको ढोका भित्रबाट चुक्कुल लगाइएको र झ्यालमा ग्रिल लगाइएको अवस्थामा भेटिएको र प्रारम्भिक अनुसन्धानले आत्महत्या देखिने उनले बताए ।

सञ्जु केही समयअघि देखि प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् । बाँके राप्ती सोनारी गाँउपालिकाकी स्थायी बासिन्दा सञ्जुले दुई वर्ष अघि स्वदेशमा भएको १३ औँ सागमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन् । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार