• सोमबार, भाद्र २९ २०८३

वाल केन्द्रित प्रभावकारी शिक्षण सिकाई तालिम सम्पन्न


मंगलबार, बैशाख २७ २०७९
1.5K
Shares

गोरखा । जापान सरकार परराष्ट्र मन्त्रालय ९मोफा० को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा एकिकरण नेपाल गोरखाले वारपाक सुलीकोट गाउपालिकामा कार्यरत १२ जना शिक्षकहरुलाई वाल केन्द्रित प्रभावकारी शिक्षण सिकाई तालिम प्रदान गरेको छ ।

उक्त तालिममा शैलापुत्री माध्यमिक विद्यालय, थलीवारी आधारभुत विद्यालय, वगेश्वरी आधारभुत विद्यालय र मण्डली आधारभुत विद्यालयवाट सहभागिता रहेको थियो । ३ दिन सम्म सचालन भएको उक्त तालिमलाई श्रोत व्यक्ति दुर्गा प्रसाद पाण्डे र सोनि तामाङले सहजीकरण गरेको थिए ।

तालिममा प्रभावकारी बाल केन्द्रित शिक्षण विधिहरु, प्रभावकारी शिक्षण विधिहरु, रचनात्मक सिकाई, गणित विषय पढाउन, प्रस्तुतीकरण सीप, परिचय कला, शिक्षण सामग्रीको निर्माण तथा मुल्याङ्कन वारेमा जानकारी दिइएको थियो ।

एकिकरण नेपाल गोरखाको उक्त विद्यालयमा शिक्षण सिकाई र वालवालिकाको पढाईलाई लक्षित गरि शैक्षिक गतिविधिहरु सचालन साथै मण्डली आधारभुत विद्यालयको भवन निर्माण गरिरहेको छ ।

समापन सत्रमा शिक्षा विकास तथा समन्वय इकाईको प्रमुख विष्णु प्रसाद भट्टराईले भुकम्प पछि गोरखाको विद्यालय भवन निर्माण अत्यन्तै राम्रो भएता पनि शिक्षण सिकाई सम्वन्धि गतिविधि नहुँदा शिक्षाको गुणस्तरको विकास नभएको अवस्थामा यस्तो खालको तालिमले ठुलो मद्दत मिल्ने वताउनु भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार