• सोमबार, भाद्र २९ २०८३

निर्वाचनमा खटिएका म्यादी प्रहरी बिरामी भएपछि हेलिकप्टरमार्फत उद्धार


सोमबार, बैशाख २६ २०७९
860
Shares

गोरखा। गोरखाको चुमनुब्री गाउँपलिका ३ मा खटिएका म्यादी प्रहरी बेलबहादुर घले बिरामी भएपछि हेलिकप्टरमार्फत उद्दार गरिएको छ ।

पाङसिङ आधारभुत विद्यालय मतदान केन्द्रमा खटिएका धार्चे गाउँपालिका ३ खोर्लाका घले आज बिहानदेखि बिरामी भएकाेले थप उपचारकाे लागि हेलिकप्टरबाट काठमाण्डौँ पठाइएको गोरखाका प्रहरी एसपी केदार खनालले बताए ।

आज बिहान पेट दुखेर समस्या भएपछि काठमाण्डौँबाट विषेशज्ञ चिकित्सकले भिडियो कन्फरेन्स गरेर बिरामीको अबस्था बुझेका थिए ।

उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्दिबाट लगिएको तर उपचार संभव नभएपछि प्रजिअ आचार्यको पहलमा उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएको चुमनुब्री गाउँपालिकाका सहायक मतदान अधिकृत भिमसेन श्रेष्ठले बताए ।

गृहमन्त्रालय सँगको समन्वय नेपाली सेनाको हेलिकप्टरबाट म्यादी प्रहरीको तत्काल उद्धार भएको गोरखाका प्रमुख जिल्ला अधिकारी संकरहरी आचार्यले बताए । ५१ बर्षिय घले निर्वाचन सामग्री सहित टोली सँग आईतवार मतदान केन्द्रमा पुगेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार