• सोमबार, भाद्र २९ २०८३

भारतमा थप ३२ सय ७ जनामा कोरोना संक्रमण, २९ को मृत्यु


सोमबार, बैशाख २६ २०७९
660
Shares

नयाँ दिल्ली : भारतमा पछिल्लो २४ घन्टामा थप ३२ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

सोही अवधिमा कोरोनाबाट थप २९ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सोमबार थप ३४ सय १० जना कोरोनामुक्त भएका छन्।

भारतमा हाल कोरोना सक्रिय संक्रमितको संख्या २० हजार ४०० रहेको छ। कोरोना संक्रमण दर तीव्र बढेपनि अस्पताल भर्ना हुने र मृत्यु हुनेको संख्या न्युन रहेको मन्त्रालयले जनाएको छ।

भारतका पाँच राज्यमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको बताइएको छ।दिल्ली, महाराष्ट्र, कर्नाटक, राजस्थान, उत्तर प्रदेश र केरलामा संक्रमण दर उच्च पाइएको हो। सबैभन्दा एक्टिभ केस दिल्लीमा छन्। स्वास्थ् मन्त्रालयका अनुसार दिल्लीमा मात्रै ६ हजार बढी एक्टिभ केस छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार