
गोरखा। जिल्ला प्रशासन कार्यालय गोरखाले स्थानीय तह निर्वाचनलाई ध्यानमा राखेर मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने भएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न बैशाख २७ गते मौन अवधी सुरु भएदेखि अन्तिम मतपरिणाम नआउँदासम्म जिल्लामा मदिरा सेवन र कारोबारमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सबै मतदान केन्द्रमा प्राथमिक उचारका लागि ‘फस्ट एड बक्स’ राख्ने र त्यसको ब्यवस्थापन जिल्ला निर्वाचन कार्यालयले गर्ने प्रमुख जिल्ला अधिकारी संकरहरी आचार्यले बताए ।
गोरखा नगरपालिका भित्रका मतदान बाहेकका केन्द्रमा निर्वाचन आयोगले नै प्राथमिक उपचारका सामग्री जिल्ला निर्वाचन कार्यालय मार्फत पठाएको छ । गोरखा नगरपालिका भित्रका ग्रामिण केन्द्रमा प्राथमिक उपचार सामग्री पठाउने र अस्पताल, स्वास्थ्य संस्था नजिक भएका ठाउँमा त्यहाँबाटै ब्यवस्थापन गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।


