• शनिबार, साउन ९ २०८३

कोरोनाबाट ज्यान गुमाउनेको संख्या साढे १४ हजार नाघ्यो


सोमबार, चैत्र १० २०७६
1K
Shares

विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या साढे १४ हजार नाघेको छ।

सोमबार बिहान साढे सात बजेसम्मको तथ्यांकअनुसार कोरोनाबाट विश्वभर १४ हजार ६ सय ४१ जनाले ज्यान गुमाएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। पछिल्लो २४ घन्टामा विश्वभर १६ सय ३४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ।

कोरोना भाइसका कारण इटालीमा गएको २४ घन्टामा ६ सय ५१ जनाको मृत्यु भएको छ। कोरोना भाइरसको उद्गम थलो चीनमा गएको २४ घन्टामा यसको संक्रमणबाट ९ जनाले ज्यान गुमाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार