• सोमबार, भाद्र २९ २०८३

२४ घण्टामा १७ जनामा कोरोना संक्रमण, २१ जना निको


आइतबार, बैशाख २५ २०७९
1K
Shares

पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४०१० जनामा गरिएको नमूना परीक्षणमा  १७ जनामा संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा २१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने कसैको मृत्यु भएन ।

मन्त्रालयका अनुसार  चौबिस घण्टामा २२१० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर २०१ जना सक्रिय संक्रमित रहेका छन् । नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म ११९५२ जनाको मृत्यु भएको छ ।

  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार