• सोमबार, भाद्र २९ २०८३

अमेरिकी डीभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ


आइतबार, बैशाख २५ २०७९
635
Shares

अमेरिकी डिभीको नतिजा शनिबार राति सार्वजनिक भएको छ। सन् २०२३ का लागि गत अक्टोबरमा आवेदन दिएकाहरुको नतिजा सार्वजनिक गरिएको हो।

डीभी परे नपरेको थाहा पाउनका लागि https://dvprogram.state.gov/मा गएर आफ्नो कन्फरमेसन नम्बर, लास्ट नेम, जन्म मिति राखेर नतिजा हेर्न सकिने व्यवस्था छ।

कन्फरमेसन नम्बर बिर्सिएको भए फर्गेट कन्फरमेसन नम्बर मार्फत मागेको विवरण भरेर नम्बर लिन सकिने अमेरिकी दूतावासले जनाएको छ।

साथै दूतावासले अमेरिकी सरकारका कुनै पनि निकाय वा दूतावासले कसैलाई पनि डीभी परेको भनी इमेल नगर्ने भएकाले त्यस्ता भ्रमबाट बच्न पनि आग्रह गरेको छ। यो नतिजामा डीभी परेकाहरुलाई सन् २०२३ सेप्टेम्बर ३० भित्र अमेरिकी भिसा जारी भईसक्नु पर्ने छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार