गोरखा । गोरखाका पत्रकार नरेन्द्र ढकाललाई गोरखापत्र संस्थाले गण्डकी प्रदेशको उत्कृष्ट संवाददाताको रुपमा पुरस्कृत गरेको छ ।
पत्रकार महासंघ गोरखाका उपाध्यक्ष समेत रहेका ढकाललाई गोरखापत्र संस्थानको ६० औँ वार्षिकोत्सवका अवसरमा प्रदेशको उत्कृष्ट संवाददाताको रुपमा पुरस्कृत गरेको हो ।
ढकाल ६ वर्ष देखि गोरखापत्र दैनिकका गोरखा संवाददाताका रुपमा कार्यरत छन् ।