• मंगलबार, साउन १२ २०८३

१५ जना सङ्क्रमित थपिँदा १७ जना निको भए


शुक्रबार, बैशाख २३ २०७९
790
Shares

पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५३ जनामा गरिएको नमुना परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा १७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल २१५ जना संक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८४ हजार ६२१ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार