• सोमबार, भाद्र २९ २०८३

कुमारी बैंकद्वारा चुमनुब्री गाउँपालिकामा वृद्ध भत्ता वितरण


शुक्रबार, बैशाख २३ २०७९
1K
Shares

गोरखा। कुमारी बैंकले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता पु-याउने कार्य सम्पन्न गरेको छ ।

नेपालको विकट स्थानमा रहेको चुम्नुब्री क्षेत्रमा सडकको पहुँच नभएकाले ७० वर्षभन्दा माथिका वृद्ध–वृद्धाले आफ्नो वृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा भत्ता लिनका लागि दुईदेखि तीन दिनको बाटो हिँड्नुपर्ने कष्टलाई मध्यनजर गरेर बैंकले गाउँमै वृद्धभत्ता पु-याउने कार्य सम्पन्न गरेको हो ।

बैंकको व्यापार समन्वय विभागका प्रमुख रोहित सिंहको नेतृत्वमा गएको टोलीले वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगद पु-याएको हो । देशव्यापी १९७ शाखा, १७७ एटीएम, ४२ शाखारहित बैंकिङ इकाई तथा १६ एक्टेन्सन काउन्टरमार्फत बैंकले ग्राहकलाई सेवा सुविधा दिँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार