• सोमबार, भाद्र २९ २०८३

गोरखा नगर क्षेत्रका टाेलविकाससंग याेजना तर्जुमा र बजेटका बारे छलफल


शुक्रबार, बैशाख २३ २०७९
1.1K
Shares

गोरखा । गोरखा नगरपालिका क्षेत्रका बिभिन्न वडामा सकृय टाेल विकास संस्थाहरुलाई याेजना तर्जुमाका बारे अभिमुखिकरण गराइएकाे छ ।

साेच नेपालकाे आयाेजनामा बिहिबार ७ वटा वडाका २० भन्दा बढि टाेल विकास संस्थाका पदाधिकारीलाई स्थानीय तहकाे याेजना तथा बजेट निर्माणका बारे प्रशिक्षण गराइएकाे हाे । कार्यबहाक नगरप्रमुख विना कुमारी श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले सहजीकरण गरेका थिए ।

कार्यक्रममा स्थानीय तहले याेजना तर्जुमा गर्दा अपनाउनुपर्ने सात चरणका बारे सहभागीलाई जानकारी गराइएकाे थियाे । याेजना तर्जुमाका विधी, प्रकृया, कानूनी ब्यवस्था र स्थानीय तहकाे प्रयाेगका बारे कार्यक्रममा छलफल भएकाे हाे । साथै गोरखा नगरपालिकामा याेजना तर्जुमाका चरणहरुकाे कार्यान्वयनकाे अवस्थाका बारे समेत छलफल भएकाे थियाे ।

त्यस्तै कार्यक्रममा बजेट निर्माण तथा याेजना तर्जुमाकाे प्रकृयामा जनप्रतिनिधी, कर्मचारी, नागरिक समाज, पत्रकार तथा टाेल विकास संस्था लगायतकाे भुमिकाका बारे समेत छलफल भएकाे थियाे । कार्यक्रममा गोरखा नगरपालिकाकाे आ.व. २०७८/७९ काे बजेटमा लक्षित वर्गकालागि विनियाेजित बजेटका बारे समेत समिक्षा भएकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार