• सोमबार, भाद्र २९ २०८३

केशव राज भट्टको निर्देशनमा  ‘कौवा करायो’ सार्वजनिक ( भिडियो )


शुक्रबार, बैशाख २३ २०७९
875
Shares

काठमाडौँ । युवा निर्देशक केशव राज भट्टको निर्देशनमा तयार पारिएको  ‘कौवा करायो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

 

गायिका सुरक्षा सेन्चुरीको सुमधुर स्वरमा समावेश  यस गीतलाई टिका दाहालले संगीतवद्द गरेका हुन्। गीतमा रमेश दाहालको शब्द रहेको छ।

गीतमा संदेश परियारको संगीत संयोजन रहेको छ।  म्युजिक भिडियोमा विगतमा नेपाली समाजको अवस्था कस्तो थियो भन्ने कुरालाई देखाइएको छ। भिडियोमा विकाश लामिछाने र सन्ध्या बुढा ( काउली बुढी ) नव विवाहित दम्पति पात्रका रुपमा फिचर्ड छन्।  

हजुर आमाले नातिनीलाई आफ्नो समयमा कसरी संदेशहरु प्राप्त गरिन्थ्यो भन्ने कुरालाई  रोचक  ढंगबाट भिडियोमा प्रस्तुत गरिएको छ। बुद्ध थापाले  छायांकन गरेको यस भिडियोमा  दिनसन शाहको सम्पादन रहेको छ। भिडियो ‘टिका दाहाल म्युजिक’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार