• सोमबार, भाद्र २९ २०८३

आज कुन देशको विनिमयदर कति ?


शुक्रबार, बैशाख २३ २०७९
590
Shares

नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिदर १२१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३२ पैसामा रहेको छ । 

यस्तै युरोपियन युरो एकको खरिददर १२९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १२९ रुपैयाँ ७० पैसा रहेको छ भने युके पाउन्डस्टललिङ एकको खरिददर १५३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८२ पैसा रहेको बैंकले जनाएको छ । 

यस्तै, अस्ट्रेलियन डलर आज एकको खरिददर ८७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९६ रुपैयाँ ०१ पैसा रहेको छ । 

यस्तै जापानी यन आज १० बराबर नेपाली ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

यता साउदी अरेवियन रियाल आज एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६१ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३३ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार