• सोमबार, भाद्र २९ २०८३

तोलामा ६ सय सस्तो भयो सुन, आजको मूल्य कति ?


शुक्रबार, बैशाख २३ २०७९
700
Shares

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले सस्तो भएको छ । बिहीबार एकैदिन तोलामा १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज ९८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ । बिहिबार ९८ हजार ६ सय रुपैयाँमा छापावाल र ९८ हजार एक सय रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो ।

यस्तै, आज सेतो धातु चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । बिहीबार तोलामा १५ रुपैयाँले बढेर १३ सय ५ रुपैयाँ तोलामा खरिद बिक्री भएको चाँदीको आजको खरिद बिक्री मूल्य १२ सय ८० रुपैयाँ तोकिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार