• सोमबार, भाद्र १ २०८३

कोरोना सर्ने डरले जेलभित्र भयाे भागदौड, २३ कैदीको मृत्यु


सोमबार, चैत्र १० २०७६
840
Shares

कोलम्बियास्थित जेलमा कोरोना संक्रमण सर्ने डरले भागदौड गर्ने क्रममा कैदीबीच झडप हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ।

कोलम्बियाको राजधानी बोगोटास्थित ठूलो जेल ला मोडेलोमा झडप भएको हो।

कोरोना संक्रमण हुने तनावले भागाभाग गर्ने क्रममा भएको झडपमा ८३ कैदी घाइते भएको कोलम्बियाको न्याय मन्त्रालयले जनाएको छ।

कोरोना भाइरसको संक्रमण फैलिएका बेला पनि जेलमा क्षमता भन्दा बढी कैदी रहेको तथा स्वास्थ्य सेवा अति नाजुक रहेको भन्दै कैदीबन्दीले आइतबार देशभरका जेलमा प्रदर्शन गरेका थिए।

सोही क्रममा ला मोडेलो जेलमा झडप भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार