• सोमबार, भाद्र २९ २०८३

सदुको शब्द, शंकरको संगीतमा ‘मायाको मौसम’ सार्वजनिक ( भिडियो )


शुक्रबार, बैशाख २३ २०७९
805
Shares

काठमाडौं । सदु खनालको  शब्द रचनामा रहेको पहिलो गीत ‘मायाको मौसम’  सार्वजनिक भएको छ।

यस गीतमा गायिका ममता गुरुङ र गायक एवम गीतकार डि पी खनालको सुमधुर स्वर सुन्न सकिन्छ।  रोमान्टिक भर्सनको ‘यस गीतलाई शंकर थापा ‘स्माइल’को संगीतवद्द गरेका हुन् । गीतमा  विश्व अधिकारीको  संगीत संयोजन रहेको छ।  

मुनालशिशिर कोइरालाको निर्देशनमा तयार पारिएको  भिडियोमा सुधिर श्रेष्ठ  र जुना कार्कीले अभिनय गरेका छन् । इलाम र झापाका मनोरम दृश्यहरुमा सुजन श्रेष्ठले भिडियोको छायाँकन गरेका हुन् । दिन्शन शाहले भिडियोको सम्पादन एवं कलर गरेका हुन् । मोडल सुधिरको युट्युब च्यानल ‘सुधिर श्रेष्ठ सिर्कार’ मार्फत भिडियो सार्वजनिक गरिएको हो । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार