• सोमबार, भाद्र २९ २०८३

डिभी २०२३ को नतिजा शनिबारदेखि, यसरी थाहा पाउनुहोस् परे नपरेको


बिहिबार, बैशाख २२ २०७९
705
Shares

अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्ने सबैभन्दा सहज तरिका डिभी लोटरी २०२३ को नतिजा मे ७ शनिबारदेखि आउन सुरु गर्ने भएको छ ।

अमेरिकी सरकारको विदेश मन्त्रालयको आधिकारिक वेवसाइटमा गएर डिभी लोटरीको नतिजा हेर्न सकिनेछ । आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्ममिति हालेर डिभी लोटरी परे नपरेको थाहा पाउन सकिनेछ ।

नतिजा हेर्न यहाँ क्लीक गर्नुहोला ।

डिभी २०२३ का विजेताहरुले आगामी अक्टोबर १ बाट भिसा पाउन सुरु गर्नेछन् । उनीहरुले सन् २०२३ को सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्नेछ । विद्यमान कानून अनुशार उक्त अवधिभित्र भिसा नपाउनेहरु स्वत अयोग्य हुनेछन् । डिभी २०२३ का लागि गत अक्टोबर ६ मा लोटरी खुलेको थियो । नोभेम्बर ९ सम्म अनलाइनमार्फत आवेदन दिएकाहरुलाई लोटरीमा सहभागी गराइनेछ ।

डिभी २०२३ भर्नका लागि पासपोर्ट अनिवार्य गरिएको थियो । तर आगामी डिभी लोटरीमा सहभागी हुनका लागि पासपोर्ट अनिवार्य नहुने भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार