• सोमबार, भाद्र २९ २०८३

बढ्यो सुन र चाँदीको भाउ, तोलाको कति पुग्यो ?


बिहिबार, बैशाख २२ २०७९
820
Shares

बिहीबार नेपाली बजारमा सुन र चाँदीको भाउमा वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला १४ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुन प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा पुगेको छ।

त्यस्तै तेजावी सुनको भाउ पनि ९८ हजार १ सय रुपैयाँमा पुगेको छ। 

बिहीबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १३०५ रुपैयाँमा कारोबार भइरहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार