• सोमबार, भाद्र २९ २०८३

यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १० जना बिचौलिया पक्राउ


बिहिबार, बैशाख २२ २०७९
3.1K
Shares

ललितपुर महानगरपालिका–१३ एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयबाट प्रहरीले १० जना बिचौलियालाई पक्राउ गरेको छ। सेवाग्राहीलाई सेवा लिनबाट अवरोध गरेको अभियोगमा बुधबार प्रहरीले १० जना बिचौलियालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–१४ तिखेदेवलका ३४ वर्षीय सुजन बुढाथोकी, दोलखा गाउँपालिका–७ घर भएका ३४ वर्षीय विवेक थापा, धनुषा बटेश्वर घर भएका ३५ वर्षीया दुनियाबहादुर राउत, ललितपुर इमाडोल बस्ने काभ्रे महाभारत गाउँपालिका–५ घर भएका २२ वर्षीय विशाल तामाङ, ललितपुर महानगरपालिका–१४ बाडेगाउँ घर भएका ३९ वर्षीय सुनील बज्राचार्य, ललितपुर महानगरपालिका–१० पाटनढोका घर भएका ३६ वर्षीय महेश सुवेदी, ललितपुर भैँसेपाटी बस्ने रामेछाप लखनपुर घर भएका २६ वर्षीय शिव दर्जी, एकान्तकुना बस्ने ललितपुर गोदावारी नगरपालिका–१३ घर भएका २६ वर्षीय राजेश सुनुवार, ललितपुर कुसुन्ती बस्ने बारा निजगढ नगरपालिका घर भएका २४ वर्षीय रोशन घिमिरे र ललितपुर बस्ने काभ्रे शिखर अंबोटे घर भएका ३३ वर्षीय कमल लामा छन्।


उनीहरुले यातायात व्यवस्था कार्यालय परिसरमा बसेर सेवाग्राहीहरूलाई अनावश्यक रूपमा झन्झटमा पारी कार्यालयको काममा समेत वाधा अवरोध पुर्याउने, सेवा लिन अवरोध गर्ने, अभद्र व्यवहार गर्ने कार्य गरेको जनगुनासोको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रशासन कार्यालय ललितपुरबाट अनुमति लिएर उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार