• मंगलबार, भाद्र ३० २०८३

मदनकृष्णको स्वरमा ‘एउटा सपना छ’ गीत सार्वजनिक


बुधबार, बैशाख २१ २०७९
805
Shares

हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको स्वरमा ‘एउटा सपना छ’ गीतको लिजेन्डरी संस्करण सार्वजनिक भएको छ। 

श्रेष्ठको ७२औं जन्मदिनको अवसरमा मंगलबार साँझ गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा गायक मदन कृष्णसँगै आँचल शर्मा, राजेन्द्र हुमागाईं र आराध्या खड्काको अभिनय छ।

सराना श्रेष्ठको कथा, परिकल्पना र निर्देशन गरेको गीतमा शब्द तथा संगीत पुष्पन प्रधानको रहेको छ। जोनी योञ्जन तामाङको एरेन्ज रहेको गीतमा मित्र मगर तथा गौरव योनजहाङले वाद्यबाधनमा साथ दिएका छन्। 

उत्तम हुमागाईंले छायांकन गरेको गीतको भिडिओलाई हरि हुमागाईंले सम्पादन गरेका छन्। उक्त गीतमा महिला भर्सनमा मुन प्रसाईंको स्वर रहेको थियो भने पुरुष भर्जनमा पुष्पन प्रधानको स्वर थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार