• मंगलबार, भाद्र ३० २०८३

भारतीय पर्यटक बोकेको गाडी र जिप ठक्कर खाँदा ५ जनाको मृत्यु


बुधबार, बैशाख २१ २०७९
715
Shares

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

भारतीय पर्यटक बोकेको गाडी र जिप ठक्कर खाँदा काभ्रेमा पाँच जनाको मृत्यु भएको छ।

भारतीय यात्रु बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं आइरहेको यात्रुबहाक जिप आज मध्यान्ह १२:१५ बजे काभ्रेको रोशी गाउँपालिका बढुवेशीमा दुर्घटनामा परेको थियो।

प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ। ‘पाँच वर्षका एक बालकसहित पाँच जनाको मृत्यु भएको छ,’ उनले सेतोपाटीसँग भने, ‘१८ जना घाइते छन्।’

युपी ५८ टी ८१८१ नम्बरको गाडी र ना १ ज ४२१० नम्बरको जिप ठक्कर खाएको थियो। दुर्घटनामा तीन यात्रुको अवस्था गम्भीर छ। ‘घाइतेलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएका छौं,’ उनले भने। मृत्यु हुनेहरूको पहिचान खुलेको छैन। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार