• मंगलबार, भाद्र ३० २०८३

सवारी दुर्घटना हुँदा १७ जनाको मृत्यु


बुधबार, बैशाख २१ २०७९
625
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

पश्चिम युक्रेनमा भएको सवारी दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ । एउटा बस, कार र  इन्धन बोकेको ट्रकसँग ठोकिदा अन्य केही घाइते भएका छन् ।

आफ्नो दैनिक सम्बोधनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिम रिभ्निी क्षेत्रमा डरलाग्दो सडक दुर्घटना भएको बताए । ‘बस, कार र इन्धन बोकेको ट्रक ठोकिएका छन् ।

अहिलेसम्म १७ जनाको मृत्यु भइसकेको छ । मृतकको संख्या अझै बढी हुन सक्छ’ जेलेन्स्कीले भने । मृतकका परिवारप्रति सहानुभूति प्रकट गर्दै उनले घाइतेहरूको शीध्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार