• शनिबार, साउन ९ २०८३

आजदेखि देशैभर लामो दूरीका गाडी बन्द, अब कहिले खुल्छ ?


सोमबार, चैत्र १० २०७६
1.1K
Shares

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट बच्न सरकारले आज (सोमबार)देखि देशैभर लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा यो जानकारी गराएका हुन्।

प्रधानमन्त्री ओलीले गरेको सम्बोधनमा भनिएको छ, ‘आगामी चैत १० गते (आज) देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ।’

लामो दूरीअन्तर्गत एक जिल्लाबाट अर्काे जिल्लामा पनि गाडी चलाउन नपाइने महागरीय ट्राफिक महाशाखाले जनाएको छ।

आज बिहानैदेखि काठमाडौंका सडक सुनसान देखिन थालेका छन्। सार्वजनिक सवारीसाधनको संख्या ह्वात्तै घटेको छ भने निजी सवारीसाधन पनि कमै चलेका छन्।

कोरोना संक्रमणको डरले काठमाडौंबाट धेरै मासिन आफ्ना गृहजिल्ला फर्किएकाले यात्रुसमेत घटेको छ। बजारमा चहलपहल कम भएको छ।

सम्बोधनमा ‘केही अवधिका लागि’ भनिएकाले यो बन्द कहिलेसम्म जारी रहन्छ भन्ने अनिश्चित देखिन्छ। सम्भवतः कोरोना महामारीको अवस्था हेरेर बन्द खुलाउने सरकारको तयारी हुन सक्छ।

तर यो महामारी कहिले साम्य हुन्छ भन्न सकिने स्थिति नरहेकाले यातायात कहिले खुल्छ अहिल्यै भन्न गाह्रो छ।

यता गोरखामा भने लामाे र छाेटाे दुरीका दुवै सवारी सञ्चालनमा राेक लगाइएकाे छ । यससंगै आजबाट जिल्लाभित्र समेत सवारी बन्द हुने बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार