
नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।
यस्तै, आज तेजावी सुन प्रतितोलामा ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी आज चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला १ हजार २९० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ।


