• मंगलबार, भाद्र ३० २०८३

वेबसाइट र्‍याङ्किङ सिस्टम ‘एलेक्सा’ सदाका लागि बन्द


मंगलबार, बैशाख २० २०७९
1K
Shares

अमेजनले वेबसाइटहरुको विश्वप्यापि याङ्किङ सिस्टम एलेक्सा सदाका लागि बन्द गरेको घोषणा गरेको छ । मे १ देखि लागू हुनेगरी अमेजनले सेवा बन्द गरेको हो ।

नेपालमा समेत वेबसाइटहरुको स्तर मापनका लागि एलेक्सा निकै चर्चित रहँदै आएको थियो ।  एलेक्सामा आफूलाई अब्बल देखाउन अनलाइन सञ्चारमाध्यमका साथै ब्राण्डहरुले एलेक्सालाई डलर तिर्ने प्रचलन समेत व्यक्त थियो । सोमबारदेखि भने एलेक्साले सेवा बन्द भएको सूचना राख्दै करिब २५ वर्ष पुरानो कम्पनीलाई निरन्तरता नदिने बताएको हो ।

‘दुई दशकभन्दा लामो समय सेवा पछि हामीले एलेक्सा डटकमलाई मे १, २०२२ देखि बन्द गरेका छौँ’, कम्पनीले भनेको छ । सन् १९९६ मा स्थापना भएको एलेक्सा सन् १९९९ मा अमेजनले किनेको थियो । नेपालमा कतिपय व्यापारित क्षेत्रले समेत एलेक्साको आधारमा आफ्नो विज्ञापन योजना बनाउँदै आएका थिए ।

एलेक्साको आधारमा व्यापार तान्ने भएपछि सञ्चारमाध्यमले एलेक्सामा र्यांक माथि देखाउँदो डलरको खर्च गरेर फर्जी र्‍यांक समेत देखाउने गरेका थिए । एलेक्सामा अब्बल देखाउन भएको प्रतिस्पर्धाका कारण कतिपयले आलोचना समेत गर्ने गरेका थिए । कम्पनीले भने सेवा बन्द गरेको जानकारी दिएपनि के कारणले अप्रिय निर्णय लिनुपर्यो भन्नेबारे स्पष्ट पारेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार