
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।

देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको समभवना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रही प्रदेश १ को एक वा दुई स्थानमा हल्का वर्षाको भइरहेको छ।
मंगलबार दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य क्षेत्रमा मौसम सामान्यता सफा रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य क्षेत्रमा आंशिक बदली रहने छ। प्रदेश १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


