• मंगलबार, भाद्र ३० २०८३

जन्ती बाेकेकाे जीप दुर्घटना हुँदा गोरखामा ३ जनाको मृत्यु (मृतककाे नामसहित)


सोमबार, बैशाख १९ २०७९
735
Shares

गोरखा । जन्ती बाेकेकाे जीप दुर्घटना गोरखामा हुदा ३ जनाकाे मृत्यु भएकाे छ । चितवनबाट जन्ती लिएर गोरखा आएकाे बा १४ च ७८१ नम्बरको स्कार्पियो जीप फर्कने क्रममा सिरानचाेक गाउँपालिकाकाे ५ काे आरुबाेटे भन्ने स्थानमा दुर्घटना हुदा ३ जनाकाे घटना स्थलमै मृत्यु भएकाे गोरखाका एसपी केदार खनालले जानकारी दिए ।

मृत्यु हुनेमा गोरखाकाे बारपाक सुलिकाेट ५ चनाैटे घर भएका करिब ५० बर्षका देवीप्रसाद पाेखरेल, नवलपरासी पूर्वकाे कावासाेती नगरपालिका १६ का करिब ८० बर्षका उत्तर कुमार सिग्देल र काठमाण्डाै महानगरपालिका १६ बस्ने ४५ बर्षका कमल न्याैपाने रहेकाे एसपी खनालले सिभिलखबरलाई बताए ।

जिपमा ५ जना सवार रहेकाेमा अन्य २ जनाले भने फलालेर ज्यान जाेगाएकाे प्रहरीले बताएकाे छ । घटना आरुबाेटेकाे फिरफिरे भिरमा घटेकाे र जिप सडकबाट करिब ३ सय मिटर तल खाेचमा खसेकाे एसपी खनालले बताएका छन् ।

हाल शवलाई खाेचबाट सडकसम्म उतारेर जिल्ला अस्पतालमा पाेष्टमार्टमका लागि ल्याउने तयारी भइरहेकाे उनले बताए । सवारी चालक प्रहरी नियन्त्रणमा रहेकाे र घटनाका बारे थप अनुसन्धान भइरहेकाे बताइएकाे छ । तस्विर : साँकेतिक

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार